About us
संस्थाको परिचय
संस्थाको परिचय
मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टामा रहनु भएका मासु व्यवसायी साथीहरु संगठित हुनु पर्छ भन्ने व्यवसायिक संगठनको आवश्यकतालाई महशुस गरी २०४८ सालमा मासु विक्री वितरण समिति गठन गरी सञ्चालन हुदै आउने क्रममा २०६३ साल साउन ३ गतेको साधारण सभाबाट सो मासु व्यवसायी संघलाई सहकारी संस्थामा परिणत गर्ने निर्णय अनुसार उक्त संस्थालाई मेची मासु उत्पादक सहकारी संस्था लि. नामाकरण गरि डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ताकालागि प्रकृया अघि वढाइ २०६५ सालमा विधीवदरुपमा यो सहकारी दर्ता गरी तात्कालिन अध्यक्ष श्री नारायण प्रसाई र सचिव श्री देवीप्रसाद उप्रेतीको अगुवायमा शेयर सदस्यहरु क्रमिकरुपमा विस्तार गर्दै लाने क्रममा २५ जना शेयर सदस्यहरु भई रु ८४,०००/- शेयर पुँजी संकलन गरी सदस्यहरुमा कारोबार गर्न यो संस्था शुरु गरिएको थियो ।

संस्थाको अध्यक्षहरु

नारायणप्रसाद प्रसाई
संस्थापक अध्यक्ष

भगिरथ राई
अध्यक्ष
(२०७३ – २०७६)