१८ औँ स्थापना दिवसमा संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ५२ पिन्ट रगत संकलन

मेची मासु उत्पादक सहकारी संस्था लि., मेचीनगर–६, काँकरभिट्टाले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। मानव जीवन बचाउने पवित्र उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको संस्थाले जनाएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष श्री खडानन्द भण्डारीको अध्यक्षतामा तथा संस्थाका संस्थापक अध्यक्ष श्री नारायणप्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा संस्थाको कार्यालय परिसर, मेचीनगर–६, काँकरभिट्टामा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका पदाधिकारी, सञ्चालक समिति सदस्य, पूर्व सञ्चालक समिति सदस्य, कर्मचारी, बजार प्रतिनिधि, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रक्तदान कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाताप्रति संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

संस्थाले “रक्तदान जीवनदान हो” भन्ने सन्देशसहित सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

संस्थाको अन्य कार्यक्रमहरु

Scroll to Top